
काठमाडौं— बलिउड अभिनेता सञ्जय दत्त केही न केही कुराका कारण चर्चामा आइरहन्छन्। कुनै समय उनी विवादमा आइरहन्थे। यिनै विवाद र चर्चामा आइरहने सञ्जय एक समय अपहरणबाट जोगिएका थिए।
सन् १९६० को दशकमा सञ्जय पिता सुनीलको फिल्म ‘मुझे जिने दो’को सुटिङ सेटमा थिए। केही महिना अघि कपिल शर्माको शोमा आएका सञ्जयले आफूलाई डाँकाले अपहरणको कोसिस गरेको खुलासा गरेका थिए।
सञ्जयका अनुसार त्यो बेला रूपा डाँकुको आतंक थियो। तिनै डाँकु फिल्मको सेटमा पुगेका थिए। ‘म त्यो समय बच्चा नै थिएँ । मेरो बुवा ‘जिने दो’को सुटिङ गरिरहनुभएको थियो। उनीहरु आएर र मलाई काखमा बसाए। उनीहरूले मेरो बुबालाई ‘फिल्म बनाउन कति पैसा खर्च भयो ?’ भनी सोधे। बुबाले उनीहरूलाई ‘१५ लाख’ जवाफ दिनुभयो,’ सञ्जयले भनेका छन्।
सञ्जयका अनुसार डाँकाले सुनीललाई धम्क्याएका पनि थिए। ‘उनीहरूले मलाई काखमा राखेर बुबालाई ‘यदि हामीले यो बच्चालाई अपहरण गर्यौँ भने तपाईं कति पैसा दिनुहुन्छ?’ भनी सोधेका थिए। यो कुरा सुन्नासाथ बुबा डराउनुभयो र तत्कालै सुटिङ रद्द गरेर आमा र मलाई मुम्बई पठाउनुभयो,’ सञ्जयले भनेका छन्।












