News Griha :: न्यूजगृह
साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन

काठमाडौं— पोखराका साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन भएको छ।

पंगेनीको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको हो।

निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

प्रकटका कविता, गजलका किताब प्रकाशित छन् भने ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’ जस्ता गीत चर्चित छन्। 

उनको बुधबार दाहसंस्कार गर्ने परिवार स्रोतले बतायो। 
 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १८:०७
Weather Update