News Griha :: न्यूजगृह
बढ्यो सुनचाँदीको भाउ 

काठमाडौं— नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । यसअघि मंगलबार स्थिर रहेको सुन बुधबार भने ३०० रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । 

यसअघि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एल लाख १० हजार र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । महासंघका अनुसार बुधबार चाँदीको मूल्य भने बढेको छ ।

बुधबार चाँदीको तोला १५ रुपैयाँले बढेर १४ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यसअघि मंगलबार चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  ११:२७
Weather Update