News Griha :: न्यूजगृह
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान ६ घण्टा उडान प्रभावित हुने

काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहीबार बिहान १ देखि ७ बजेसम्म ६ घण्टा उडान अवतरण सेवा अवरुद्ध हुने भएको छ । 

विमानस्थलमा यात्रुहरूको सुरक्षामा थप अभिवृद्धि गर्ने उद्देश्यले विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्ने सिलसिलामा अनलाइन यूपीएस जडान कार्य जारी रहेकोले सो समयमा उडान अवतरण नहुने विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिएका छन् । 

विमानस्थलमा आन्तरिक/अन्तर्राष्ट्रिय वायुयान उडान अवतरण बन्द रहने र उक्त समयमा यात्रा गर्ने यात्रुहरूले सम्बन्धित एअरलाइन्स सँग सम्पर्क गरी आवश्यकता अनुसारको व्यवस्था मिलाउन अनुरोध गरिएको छ । 

यस कार्यबाट यात्रुहरूलाई पर्न जाने असुविधाका लागि माफी मागिएको छ । 

643ec9c11f22e9194132911681886992.jpg

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १२:३८
Weather Update