News Griha :: न्यूजगृह
नेप्सेमा दोहोरो अङ्कको सुधार

काठमाडौं— पूँजीबजारमा बुधबार दोहोरो अङ्कको सुधार देखिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५ दशमलव १३ अङ्कले बढेर १ हजार ९ सय २० दशमलव १२ अङ्कमा कायम भएको हो ।

२ सय ७३ वटा कम्पनीको २५ लाख ७९ हजार तीन सय २५ कित्ता शेयर २३ हजार ५ सय ३ पटक खरिदबिक्री हुँदा ८७ करोड २१ लाख ४१ हजार रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १६:१३
Weather Update