News Griha :: न्यूजगृह
यी १५ निर्माण कम्पनी कालाेसूचीमा

काठमाडौं— प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखिएका १५ निर्माण कम्पनीहरूको विवरण सार्वजनिक गरेको छ ।

विवरणअनुसार शैलेन्द्र कुमार कुरुम्बाङ नेतृत्वको एस.ए.एस कन्स्ट्रक्सन प्रा.लि विराटनगरलाई ३ वर्षसम्म कालोसूचीमा राखिएको छ ।

यसैगरी दीपक सापकोटा मुख्य व्यक्ति रहेको शंकरमाली निर्माण सेवा प्रा.लि.,गोकर्ण प्रसाद पण्डित मुख्य व्यक्ति रहेको नागार्जुन कन्स्ट्रक्सन प्रा.लिलाई एक वर्ष तीन महिना कालोसूचीमा राखिएको छ ।

त्यसैगरी राजुप्रसाद श्रेष्ठ नेतृत्वको वाईपी कन्स्ट्रक्सन प्रा.लि. र रविन कुमार जोशी नेतृत्वको रफिना कन्स्ट्रक्सन प्रा.लिलाई  पनि एक वर्ष तीन महिना नै कालोसूचीमा राखिएको छ ।

हेर्नुहोस् सूची 

blacklist1681961011.jpg

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  ०९:०६
Weather Update