
काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई इन्डियनसलाई पराजित गरेको छ। शनिबार सम्पन्न खेलमा दिल्लीले मुम्बईलाई १० रनले पराजित गरेको हो।
दिल्लीले दिएको २५८ रनको लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २४७ रन बनाएको हो।
मुम्बईका लागि तिलक बर्माले सर्वाधिक ६३ रन बनाए भने कप्तान हार्दिक पाण्डेयले ४६ रन बनाएका थिए। त्यस्तै सूर्यकुमार यादवले २६ र ईशान किसनले २० रन बनाएका थिए ।
यस अघि पहिला ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउँदै २५७ रन बनाएको थियो ।

दिल्लीका लागि जेक फ्राजर म्याकग्रुकले सर्वाधिक २७ बलमा ८४ रन बनाएका थिए । त्यस्तै ट्रिसन स्टब्सले २५ बलमा ४८, अविशेक पोरेलले ३६, साइ होपले ४१ र कप्तान ऋषभ पन्तले २९ रन बनाएका थिए।
यो जितपछि दिल्लीको १० खेलमा ५ जित र ५ हारसहित १० अंक भएको छ र अंकतालिकामा पाँचौं स्थानमा उक्लिएको छ। त्यसैगरी मुम्बईको भने यो छैटौँ हार हो। ९ खेलमा ३ जित र ६ हारसहित ६ अंक बटुलेर मुम्बई नवौँ स्थानमा झरेको छ।













