सुनको भाउ घट्यो, चाँदीको स्थिर

काठमाडौं— नेपाली बजारमा सुनको भाउ बिहीबार घटेको छ । बुधबार प्रतितोला ३०० रुपैयाँले बढेको सुन बिहीबार ५०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो छापावाल सुनको मूल्य प्रतितोला एल लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ७५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
महासंघका अनुसार आज चाँदीको भाउ स्थिर छ । चाँदी तोलाको १४ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८० ११:२७













