News Griha :: न्यूजगृह
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारकाे प्राथमिकतामा : प्रधानमन्त्री दाहाल

बारा— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले प्राथमिकता दिएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन हुन लागेको बारा क्षेत्र नं २ को महागढीमाई नगरपालिकामा  बिहीबार पाँचदलीय गठबन्धनद्वारा आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारले प्राथमिकतामा रहेको बताएका हुन् ।

उनले भने,‘विमानस्थल निर्माणसम्बन्धी सबै प्रक्रिया सुरु भइसकेको छ, चाँडै शिलान्यास हुन्छ र निर्माणको काम अगाडि बढ्छ ।’ मुलुकको विकास र समृद्धिमा ठूलो टेवा पुग्ने भएकाले निजगढ विमानस्थलको छिट्टै शिलान्यास गरी निर्माण कार्य अघि बढाइने उनको भनाइ थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १८:४२
Weather Update