News Griha :: न्यूजगृह
आईपीओ बाँडफाँट गर्दै दोल्ती पावर

काठमाडौं— दोल्ती पावर कम्पनीको आईपिओ बाँडफाँट हुँदै छ । कम्पनीको आफ्नै कार्यालयमा शुक्रबार दिउँसो ३ बजे बाँडफाँटको तयारी गरिएको छ ।

कम्पनीले २८ चैतदेखि १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो । बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल मार्केटका अनुसार यसको प्री–अलमेन्ट सम्पन्न भइसकेको छ ।

यस आईपीओमा गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । यस आईपीओमा मागभन्दा ११.६० गुणा बढी आवेदन परेको छ । आईपीओमा १३ लाख ३९ हजार ४४० जनाले कुल १ करोड ४७ लाख ६२ हजार २६० कित्ताका लागि आवेदन दिएका छन् ।

जसमा १ लाख २७ हजार १८६ जनाले मात्र शेयर हात पार्नेछन् । जसअनुसार बाँकी ११ लाख ४४ हजार ६७५ जना भने आईपीओ पाउनबाट वञ्चित हुने छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  ०९:३१
Weather Update