News Griha :: न्यूजगृह
गायिका मेनुकाको आँखामा कस्मेटिक प्रोथेस्टिक सर्जरी

काठमाडौं— गायिका मेनुका पौडेलको आँखामा ‘कस्मेटिक प्रोथेस्टिक’ भनिने कृत्रिम आँखा राखिएको छ।

हालै तिलगङ्गा अस्पतालकी वरिष्ठ अकुलोप्लास्टिक सर्जन डा पूर्णिमा राजकर्णिकार लगायतको समूहले कृत्रिम आँखा राखेको हो। ‘कस्मेटिक प्रोथेस्टिक’ राखिएपनि मेनुकाको दृष्टि भने फिर्ता नआउने भएको छ। 

कस्मेटिक प्रोथेस्टिक सर्जरीले बाहिरबाट हेर्दा आँखा राम्रो देखिने र चश्मा लगाउन नपर्ने मात्र हुने तर दृष्टि भने नफर्किने चिकित्सकहरूले बताएका छन्।

अहिलेसम्म बनेको प्रविधिले मेनुकाको आँखामा दृष्टि फिर्ता ल्याउन नसक्ने तिलगङ्गाका चिकित्सक डा सन्दुक रुइतले बताएका छन्। 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  २०:२१
Weather Update