आईपीएल
राजस्थानविरुद्धको खेलमा दिल्ली २० रनले विजयी

काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा दिल्लीले राजस्थानलाई २० रनले पराजित गरेको हो।
दिल्लीले दिएको २२२ रनको लक्ष्य पछाएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै २०१ रन मात्र बनाएको थियो।
यसअघि पहिला ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै २२१ रन बनाएको थियो।
यो जितपछि दिल्लीको १२ खेलमा १२ अंक भएको छ र अंक तालिकामा पाँचौं स्थानमा रहेको छ। त्यस्तै राजस्थानको भने ११ खेलमा १६ अंक रहेको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ।
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१ ०६:५८













