बढ्यो सुनको भाउ, आज कतिमा हुँदै छ कारोबार ?

काठमाडौं— नेपाली बजारमा सुनको मूल्य शुक्रबार बढेको छ । बिहीबार प्रतितोला ५०० रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला ४०० रुपैयाँ बढेको हो । चाँदीको मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला एकहजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८० १३:००













