दुई सय २० बोरा युरिया मलसहित ३५ लाखको समान बरामद

चितवन— पूर्वी नवलपरासीमा ३५ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद भएको छ ।
नेपाल प्रहरीले विभिन्न स्थानबाट एकै दिन ३५ लाख बराबरको अवैध समान बरामद गरेको हो । विभिन्न नाकाबाट भन्सार छलेर ल्याइएको कस्मेटिक सामग्री, युरिया मल, लत्ताकपडा, मोबाइललगायतका सामाग्री बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष पाठकका अनुसार महेन्द्र राजमार्गमा चेकिङका क्रममा २ सय २० बोरा युरिया मलसहित झन्डै ३५ लाख बराबरको समान बरामद गरिएको हो । उनका अनुसार बिलबीजक नभएका र भन्सार तिरेको कागजातसमेत नभएका ती समान जफत गरी त्रिवेणी भन्सार कार्यालयमा पठाइएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८० ११:१६













