
काठमाडौं— आईसीसी टी–२० विश्वकप खेल्न अमेरिकामा रहेको नेपाली क्रिकेट टोलीले आज पहिलो वार्मअप म्याच खेल्नेछ।
नेपालले क्यानडासँग पहिलो वामअर्प म्याच खेल्न लागेको हो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको तालिका अनुसार नेपालले एसोसिएट राष्ट्रहरू क्यानडा र त्यसपछि अमेरिकासँग वार्मअप म्याच खेल्न लागेको हो। नेपली समय अनुसार सोमबार राति ९ः१५ बजेबाट ग्रान्ड प्रेरी क्रिकेट रंगशाला, टेक्सासमा सुरु हुनेछ।
आईसीसीले वामअर्प म्याचका लागि २७ मेदेखि १ जुनसम्मको तालिका सार्वजनिक गरेको छ। त्यसअनुसार बुधबार सोही रंगशालामा नेपालले अमेरिकासँग वामअर्प म्याच खेल्ने छ।
विश्वकपअघि टेक्सासको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियम, फ्लोरिडाको ब्रोवार्ड काउन्टी स्टेडियम, क्विन्स पार्क ओभल र ट्रिनिडाड एन्डा टोबागोको ब्रायन लारा क्रिकेट एकेडेमीमा १६ वटा अभ्यास खेल हुने आईसीसीले जनाएको छ।













