१९ खर्ब हाराहारीको बजेट आउने
आज बजेट सार्वजनिक हुँदै

काठमाडौं—आगामी आर्थिक वर्ष २०८/र८२ को बजेट आज सार्वजनिक हुँदैछ। आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने छन्।
जेठको १५ गते नै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। यसअघि सरकारले जेठ १ गते नीति तथा कार्यक्रम ल्याएको थियो।
उक्त नीति तथा कार्यक्रम प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीका बीच जेठ १३ गते पारित भएको थियो।
अर्थ मन्त्रालय स्रोतका अनुसार १९ खर्ब हाराहारीको बजेट आउने छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१ ०६:५७













