
काठमाडौं— साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अङ्कले घटेको छ ।
आइतबार नेप्से परिसूचक १८.८० अङ्कले ओरालो लागेको हो । योसँगै सुचक १८८५.६० को विन्दुमा आएर अडिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक ४ अङ्कले घटेको छ । सूचक ३५९.१३ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार कूल २६५ कम्पनीको २७ लाख ३४ हजार ३०७ कित्ता शेयर खरिद बिक्री हुँदा ८२ करोड ८५ लाखभन्दा बढी रुपैयाँको कारोबार शेयर कारोबार भएको छ ।
नेप्से सुचकमा २९ कम्पनीमा वृद्धि भएको छ । १८८ कम्पनीमा ओरालो लागेको र २ कम्पनी स्थिर रहेको छ । कारोबारको आधारमा मोलुङ हाईड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । उक्त बैंकले ३ करोड ११ लाखभन्दा बढी रुपैयाँको कारोबार गरेको छ । यसैगरी शिवम् सिमेन्टको २ करोड ८९ लाखको कारोबार भएको हो ।
मङ्गलबार सबै उपसुचक कम्पनीहरूमा ओरालो लागेको छ । आइतबार सनराइस ब्लूचिप कोष, आदर्श लघुवित्त वित्तीय संस्था र कालिञ्चोक दर्शनको १० प्रतिशतको शेयर कारोबार भएको छ । उक्त कम्पनीहरूले सर्वाधिक कमाएका छन् ।













