
काठमाडौं— तीन वर्षपछि पार्लेएग्रोको प्रचलित आँपको पेय– फ्रुटी नेपालमा आएको छ ।
भारतको सबैभन्दा ठूलो पेय पदार्थ कम्पनीपार्लेएग्रोले चर्चित पेय पदार्थ– फ्रुटी लामो समयपछि नेपाली बजारमा भित्र्याएको हो ।
नेपाली विज्ञापनको क्षेत्रमा क्लिन फिडको नियम लागू भएपछि पार्लेएग्रोले पहिलोपटक नेपालमा फ्रुटीको ब्रान्ड एम्बेस्डरमा अभिनेत्री उपासना सिंह ठकुरीलाई अनुबन्ध गरेको छ ।
अभिनेत्री सिंहले सानैदेखि म्याङ्गोफ्रुटी,फ्रेस एन्ड जुसी सुनेको र फ्रुटीको फ्यान भएका कारण नेपाली बजारमा फेरि पनि फ्रुटी आएको कुरामा हर्ष व्यक्त गरिन् ।
फ्रुटी १२५ तथा २०० एमएलकोकार्टन प्याक तथा १५०, २५० र ५०० एमएलकोपीईटी बोटलमा उपलब्ध छ ।
त्यसैगरी, पार्लेएग्रोले स्याउको कार्बोनेटेड पेय– एप्पिफिज पनि बजारमा ल्याएको छ ।
यसको लागि अभिनेत्री प्रियङ्का कार्कीलाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको छ । नेपाली बजारका लागि नौलो पेय एप्पिफिज कृत्रिम नभई साँच्चिकै स्याउको पेय पदार्थलाई कार्बोनेटेड गरेर बनाइएको हो ।
अभिनेत्री कार्की भन्छिन्, ‘एप्पि फिजको नेपालको पहिलो ब्रान्ड प्रतिनिधि हुन पाउँदा म निकै उत्साहित छु र मेरो यो उत्साहलाई सबै नेपालीहरूसामु फैलाउन पनि चाहन्छु । एप्पिफिज अरू ड्रिङ्कहरूभन्दा फरक छ, यसको स्वाद पृथक छ, नौलो छ । ताजापनका लागि कुनै ड्रिङ्क खानुहुन्छ भने म एप्पिफिज नै खानुहोस् भन्छु ।’
एप्पि फिज १६०, २५० तथा ५०० एमएलको पीईटी बोटलमा उपलब्ध छ ।
फ्रुटी र एप्पिफिजलाई नेपालको हरेक कुनासम्म पुर्याउने योजनाका साथ पार्लेएग्रोले विशाल ग्रुपसँग साझेदारी गरेको छ । विशाल ग्रुपको साउथ एसियन बेभरेजले हाल नेपालमा फ्रुटी तथा एप्पिफिज पेय पदार्थ नेपालभरि वितरण गरिरहेको छ ।
पार्लेएग्रोकीसहप्रबन्ध निर्देशक तथा सीएमओ नादिया चौहानले, नेपाल अपार सम्भावना बोकेको बजार रहेको औँल्याइन् ।
साउथ एसियन बेभरेज प्रालिका प्रबन्ध निर्देशक आशिष अग्रवाल भन्छन्, ‘हामीसँग एफएमसीजीमा धेरै अनुभव भएको बलियो सेल्स टोली छ र हामीसँग २५ वर्षभन्दा बढीको एफएमसीजीमा वितरणको अनुभव छ । जसले पक्कै पनि अबको केही वर्षमा हामीलाई श्रेणीमा अगुवा बनाउनेछ ।’













