News Griha :: न्यूजगृह
डलरको भाउ स्थिर, यूरो बढ्यो

काठमाडौं— नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

अमेरिकी डलरको भाउ सोमबार स्थिर रहेको छ । यसअघि आइतबार ९ पैसाले घटेको डलरको कारोबार सोमबार स्थिर रहेको हो ।

सोमबार एक अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ५ पैसा र बिक्री दर १३१ रुपैयाँ ६५ पैसा कायम गरिएको छ । यसअघि आइतबार उक्त डलरको कारोबार सोही मूल्यमा भएको थियो ।

राष्ट्र बैंकका अनुसार सोमबार युरोपियन यूरो ५१ पैसाले बढेको छ । सोमबार यूरो एकको खरिद दर १४४ रुपैयाँ एक पैसा र बिक्री दर १४४ रुपैयाँ ६७ पैसा कायम गरिएको छ ।

आइतबार यूरो एकको खरिद मूल्य १४३ रुपैयाँ ५० पैसा र बिक्री मूल्य १४४ रुपैयाँ १६ पैसा कायम गरिएको थियो ।  

 हेर्नुहोस् कुन देशको मुद्राको भाउ कति

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  ०८:३१
Weather Update