News Griha :: न्यूजगृह
बारामा जसपा अगाडि, कस्तो छ रास्वपाको स्थिति?

काठमाडौं— जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले बारा क्षेत्र नम्बर २ मा सुरुवाती अग्रता लिएका छन् । कुल ६७० मत गणना हुँदा यादवले २ सय २४ मत प्राप्त गरेका छन् भने जनमत पार्टीका शिवचन्द्रकुशवाहले १ सय ७० मतसहित यादवलाई पछ्याइरहेका छन् । 

एमालेका पुरुषोत्तम पौडेलले १ सय ६६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले ८० मत प्राप्त गरेका छन् । प्रारम्भिक मतपरिणामलाई हेर्दा बारामा रास्वपा कमजोर देखिएको छ । बारा आम जनता पार्टीका उम्मेदवार अरुणा ज्ञवालीले १२ मत प्राप्त गरेकी छन् ।

बारामा कुल १ लाख ५ हजार २ सय ४८ मतदाता रहेकोमा उपनिर्वाचनमा ६५ प्रतिशत मात्र मत खसेको निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरि ३४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । 

यता तनहुँ १ मा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्ले मतगणनामा अगाडि देखिएका छन् । 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १४:३५
Weather Update