News Griha :: न्यूजगृह
बारा २ मा जनमतका कुशवाहालाई ३० मतको अग्रता

काठमाडौं— बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ३० मतको अग्रता लिएका छन् । आइतबार सम्पन्न भएको उपनिर्वाचन अन्तर्गत बारा २ मा सोमबारबाट मतगणना सुरु भएको हो ।

सत्ता गठबन्धनको समर्थनमा उम्मेदवार बनेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई झिनो मतले पछि पार्दै कुशवाहाले अग्रता लिएका हुन् । 

जारी मत गणना अन्तर्गत कुशवाहाले ६२८ मत ल्याउँदा यादवले ५७१ मत पाएका छन् । त्यस्तै एमालेका पुरुषोत्तम पौडेलले ५१० मत प्राप्त गरेका छन् ।

अहिले करैयामाई गाउँपालिका र सुवर्ण गाउँपालिकाबाट मत गणना सुरु गरिएको छ । कडा सुरक्षाका साथ मतगणना स्थलको व्यवस्थापन मिलाएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । मतगणना स्थलमा तारजाली तथा सीस क्यामेरासमेत जडान गरिएको छ । 

यस निर्वाचन क्षेत्रमा ६५ प्रतिशत मत खसेको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १५:४२
Weather Update