छलफलमा जुटे तीन दलका शीर्ष नेता

काठमाडौं— प्रमुख तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको उक्त भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे छलफलमा सहभागी छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८० १५:५४













