१७ हजार मत कटाए स्वर्णिम वाग्लेले

तनहुँ— तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले १७ हजार मत कटाएका छन् । प्रतिनिधि सभा सदस्यको उपचुनाव अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा मतगणना भइरहेको छ ।
पछिल्लो मत परिणाम अनुसार रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेले फराकिलो अग्रता कायम गरेका छन् । जसअनुसार वाग्लेले १७ हजार ९०२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका १० हजार २२८ मत ल्याएका छन् ।
नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ५ हजार ८६६ मत ल्याएका छन् ।
तनहुँ क्षेत्र नम्बर १ मा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेकामध्ये ६५ हजार ९९ मत खसेको थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८० १७:१४













