चितवनमा रवि लामिछानेलाई १५ सयको अग्रता

चितवन— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायम गरेका छन् ।
आइतबार चितवन २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । जसअन्तर्गत रास्वपा उम्मेदवार लामिछानेले १४५० ले मतान्तरले अग्रता लिएका छन् ।
पछिल्लो मत परिणाम अनुसार रवि लामिछानेले ३१६६ मत ल्याएका छन् भने नेकपा एमालेका रामप्रसाद न्यौपानेले १७१६ मत ल्याएर पछ्याइरहेका छन् । त्यस्तै नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले १२४१ मत ल्याएका छन् ।
यस निर्वाचन क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ जना मतदातामध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८० १७:३०













