News Griha :: न्यूजगृह
उपेन्द्र यादवले उछिने शिवचन्द्र कुशवाहालाई

काठमाडौं— बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ३० मतको अग्रता लिएका छन् ।आइतबार सम्पन्न भएको उपनिर्वाचन अन्तर्गत बारा २ मा सोमबारबाट मतगणना सुरु भएको हो ।

सत्ता गठबन्धनको समर्थनमा उम्मेदवार बनेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई झिनो मतले पछि पार्दै कुशवाहाले अग्रता लिएका हुन् । 

जारी मत गणना अन्तर्गत यादवले १३९० मत ल्याउँदा कुशवाहाले १३०१ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका पुरुषोत्तम पौडेलले ६२९ मत प्राप्त गरेका छन् । यस निर्वाचन क्षेत्रमा ६५ प्रतिशत मत खसेको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १७:५८
Weather Update