News Griha :: न्यूजगृह
गठबन्धनका साझा उम्मेदवार भट्टराईले कटाए १० हजार मत

तनहुँ— तनहुँ–१ मा नेपाली कांग्रेसका नेतासमेत रहेका सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईले १० हजार मत कटाएका छन् ।

सोमबार साँझसम्म २७ वटा वडाको मतगणना सकिँदा भट्टराईले १० हजार मत कटाएका हुन् । भट्टराईले ११ हजार ६६९ मत ल्याएका छन् ।

२७ वडाका ३८ हजार ७९४ मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेले १९ हजार ६५३ मत ल्याएका छन् ।

त्यसैगरी नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालको ६ हजार २३६ मत ल्याएका छन् । 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १८:५७
Weather Update