चितवनमा यी वडाको मतगणना जारी

चितवन— चितवन–२ मा आइतबार भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ ।
इच्छाकामना गाउँपालिकाका सबै वडाको मत गनेपछि भरतपुर महानगरको मत गन्न सुरु गरिएको हो । सुरुमा वडा नम्बर १ र २ को मतगणना जारी छ ।
हालसम्म ९ हजार ४४४ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ४ हजार ३५८ मत पाएका छन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका रामप्रसाद न्यौपानेले २ हजार ५८५ मत र नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले २ हजार २०५ मत पाएका थिए ।
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८० १९:२१













