तनहुँ–१ मा १२ वडाको मतगणना बाँकी, मतान्तर बढाउँदै स्वर्णिम

तनहुँ– तनहुँ–१ मा १२ वटामात्रै वडाको मतगणना बाँकी रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.स्वर्णिम वाग्लेले मतान्तर बढाउँदै लगेका छन् ।
सोमबार यो समाचार तयार पार्दसम्म ३० वडाको मतगणना सकिँदा डा.वाग्ले नेपाली कांग्रेस नेतासमेत रहेका सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईभन्दा ९ हजार ३४९ मतान्तरले अगाडि छन् ।
३० वडाका ४३ हजार ७१ मतगणना हुँदा डा.वाग्लेले २२ हजार २६० मत ल्याएका छन् । भट्टराईले १२ हजार ९११ मत ल्याएका छन् भने एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ६ हजार ५९३ मत ल्याएका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८० १९:५२













