साढे १२ हजार मतगणना हुँदा रविलाई ६ हजार बढी मत

चितवन— चितवन–२ मा साढे १२ हजार मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायमै राखेका छन् । १२ हजार ५८६ मतगणना हुँदा रवि एक्कैले ६ हजार ५६८ मत पाएका छन् ।
लामिछानेका प्रतिस्पर्धीहरू नेकपा एमालेका रामप्रसाद न्यौपानेले २ हजार ८६१ र नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले २ हजार ६८८ मत पाएका छन् ।
हाल भरतपुर महानगरपालिकाको मतगणना भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८० २०:४२













