News Griha :: न्यूजगृह
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान, मंगलबार धेरै वर्षा हुने 

काठमाडौं— देशका केही भूभागमा आगामी तीन दिन वर्षा हुनेछ । कोशीदेखि लुम्बिनी प्रदेशसम्म हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैदेखि केही स्थानमा वर्षा भइरहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा साथै गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ। 

मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ। 

यसैबीच, गएराति सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ। भारी वर्षाका कारण मेलम्ची नदीको जलसतह बढेको छ। त्यसैले नदी तटीय क्षेत्रमा बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। 

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। 

मंगलबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। 

विभागका अनुसार राति कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। 

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। 

बुधबार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। 

राति कोशी, मधेस, बागमती प्रदेशका धेरै स्थानमा गण्डकी र  लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ। 

कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। 

हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव छ। बाँकी भूभागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ।  

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ०६:३१
Weather Update