जनमतका कुशवाहालाई ३ हजार बढी मतान्तरले पछि पारे उपेन्द्रले

काठमाडौं— बारा–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन् ।
मंगलबार बिहानसम्मको मतगणनामा उनले जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई ३ हजार बढी मतान्तरले पछि पारेका छन् ।
पछिल्लो परिणामअनुसार यादवले ९ हजार ८ सय ७० मत प्राप्त गरेका छन् भने कुशवाहाले ६ हजार ७ सय ७१ मत पाएका छन् । उनीहरूबीच ३ हजार ९९ मतको अन्तर छ ।
नेकपा एमालेका पुरूषोत्तम पौडेल ३ हजार ७ सय मतसहित तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल १ हजार १७४ मतसहित चौथो स्थानमा छन् । मतगणना जारी छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८० ०६:१६













