News Griha :: न्यूजगृह
जीतनारायणले हार स्वीकार्दै भने– मतदाताको सुखदुःखमा सशक्त भएर लाग्छु

चितवन— चितवन क्षेत्र नं २ का नेपाली कांग्रेसका नेतासमेत रहेका सत्ता गठबन्धनका साझा उम्मेदवार जीतनारायण श्रेष्ठले हार स्वीकार गरेका छन् ।

गन्न बाँकी मत भन्दा  रास्वपाका उम्मेदवार रवि लामिछानेको मतान्तर बढी भएपछि श्रेष्ठले हार स्वीकार गरेका हुन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा हार स्वीकार गर्दै श्रेष्ठले आगामी दिनमा मतदाताको सुखदुःखमा सशक्त भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।

उनी भन्छन्,‘निर्वाचनमा पराजित भएता पनि यही माटोको लागि केही गर्नुपर्छ भन्ने बाल्यकाल देखिकै मेरो सोच र सङ्कल्पका कारण यहाँहरूको सुखदुःखमा विगतमा भन्दा अझै सशक्त ढंगले लाग्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’ 

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  ०७:२५
Weather Update