चितवन–२ मा ६४ हजार ५४४ मतगणना हुँदा रविले ल्याए ४५ हजार ८४२ मत

काठमाडौं— चितवन–२ मा आइतबार सम्पन्न प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ ।
६४ हजार ५४४ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ४५ हजार ८४२ मत ल्याएका छन् ।
नेपाली कांग्रेसका नेतासमेत रहेका सत्ता गठबन्धनका साझा उम्मेदवार जीतनारायण श्रेष्ठ ८ हजार ४२५ मत ल्याएका छन् ।
त्यसैगरी नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने ८ हजार ३२९ मत ल्याएर तेस्राे स्थानमा रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८० ०९:२७













