News Griha :: न्यूजगृह
तनहुँ र देशको विकास गरेर मतदाताको गुन तिर्छु : नवनिर्वाचित सांसद वाग्ले

तनहुँ— तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा.स्वर्णिम वाग्लेले देश विकासमार्फत मतदाताको गुन तिर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै डा.वाग्लेले तनहुँ र देशको विकास गरेर मतदाताको गुन तिर्ने बताएका हुन् ।

उनले भने, ‘जनताले दिएको मतको गुन यहाँको विकास गरेर तिर्नेछु ।’ उनले तनहुँको मात्र नभई देश विकासका मुद्दा उठाउने पनि बताए ।

डा.वाग्लेले आइतबार सम्पन्न उपनिर्वाचनमा नेपाली कांग्रेसका नेतासमेत रहेका सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई पराजित गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  ०९:५०
Weather Update