शेयर बजारमा हरियाली, १७.३६ अङ्कले बढ्यो नेप्से

काठमाडौं— साताको तेस्रो कारोबार दिन मङ्गलबार शेयर बजारमा हरियाली छाएको छ ।
सोमबार २.७२ अङ्कले बढेको शेयर बजार मङ्गलबार दोहोरो अङ्कले वृद्धि भएको छ । नेप्से परिसुचक १७.३६ अङ्कले बढेर १९०५.६८ विन्दुमा पुगेको छ । १३ उपसूचकमध्ये म्युचुअल फन्डबाहेक सबै कम्पनीमा उकालो लागेको छ ।
यसैगरी, २६४ कम्पनीको २७ लाख ५७० कित्ता शेयर कारोबार हुँदा ८८ करोड ५५ लाख रुपैयाँभन्दा बढी रुपैयाँको कारोबार भएको हो । सबैभन्दा धेरै शिवम् सिमेन्टको ७ करोड रुपैयाँको शेयर किनबेच भएको हो । यसैगरी कालिञ्चोक दर्शन को ३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
यसैगरी, मङ्गलबार तारागाउँ रिजेन्सी होटल लिमिटेड ८ प्रतिशत र खप्तड वित्तीय संस्था ७.८५ प्रतिशतले बढेको छ । यी कम्पनीले सर्वाधिक कमाएका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८० १५:४०













