
काठमाडौं— अतिरिक्त समयमा कप्तान ह्यारी केनले निर्णायक गोल गरेपछि इङ्ल्यान्ड युरोकप २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
आइतबार राति अन्तिम १६ को खेलमा स्लोभाकियाविरुद्ध २–१ को सङ्घर्षपूर्ण जित हासिल गर्दै इङ्ल्यान्ड अन्तिम ८ मा पुगेको हो।
स्लोभाकियाविरुद्ध पुनरागमन जित दर्ताका क्रममा जुडे वेलिङ्घम र केनले एक/एक गोल गरे। खेलको २५औँ मिनेटमा इभान स्क्रान्जको गोलमा स्लोभाकियाले सुरुवाती अग्रता बनाएको थियो।
पहिलो हाफमै १–० ले पछि परेको इङ्ल्यान्डले दुवै गोल ९० मिनेटपछि फर्काएको हो। इन्जुरी समयको पाचौँ मिनेटमा जुड बेलिङ्घमले गोल फर्काउँदै खेललाई अतिरिक्त समयमा पुर्याएका थिए।
अतिरिक्त समयको पहिलो मिनेटमै ह्यारी केनले गोल गरी इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए। सोही गोल टोलीका लागि अघिल्लो चरण पुग्न पर्याप्त भएको हो।
इङ्ल्यान्ड अब क्वार्टरफाइनलमा स्विट्जरल्यान्डसँग भिड्नेछ।













