News Griha :: न्यूजगृह
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं— सरकारले काठमाडौं–तराई–मधेस फास्ट ट्रयाकको जग्गा प्राप्तिको विषयलाई छिटो टुंग्याउने निर्णय गरेको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए ।

बैठकले सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने निर्णय गरेको पनि उनले बताए । ज्वालाले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको गुणस्तर नापतौलसम्बन्धी विधेयक समितिमा पठाउने निर्णय गरेको पनि बताए ।

उनले भने, ‘काठमाडौं–तराई–मधेस फास्ट ट्रयाकको सम्बन्धमा जग्गा प्राप्तिको विषयमा छलफल भयो । केही दिनअघि हामीले उच्चस्तरीय समिति पनि यसका लागि निर्माण गरेका थियौँ । त्यो समितिले काम अघि बढाएको छ । छिटै जग्गा प्राप्तिको कामलाई अघि बढाउने, टुंग्याउने भन्ने निर्णय भएको छ । सशस्त्र प्रहरी बलको नियमावली संशोधनको कुरा छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको प्रश्ताव समितिमा पठाउने निर्णय भएको छ । जग्गा कित्ताकाटको विषयलाई अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय भएको छ ।’

मन्त्री ज्वालाले जग्गा कित्ताकाटसम्बन्धी विषयलाई अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय भएको पनि बताए ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १८:१३
Weather Update