उपनिर्वाचन
बारा–२ : मतान्तर घटाउँदै जनमतका शिवचन्द्र

बारा— बारा–२ मा उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवसँगको मतान्तर घटाउँदै लगेका छन् ।
मंगलबार साँझसम्म जसपा अध्यक्ष यादवले १८ हजार ८०८ मत पाउँदा जनमतका उम्मेदवार कुशवाहले १५ हजार ४५८ मत पाएका छन् । उनीहरूबीचको मतान्तर ३ हजार ३५० छ ।
मंगलबार दिउँसोसम्म यादव र कुशवाहबीचको मतान्तर ५ हजार भन्दा बढी थियो ।
त्यसैगरी नेकपा एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले ५ हजार ५६३ र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार २६८ मत ल्याएका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८० १८:२४













