News Griha :: न्यूजगृह
बारा–२ मा यादव जनमतका कुशवाहाभन्दा २ हजार ६६५ मतले अगाडि

बारा— बारा–२ मा मतगणना भइरहेको छ ।

आइतबार सम्पन्न प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको पछिल्लो मतपरिणाम अनुसार जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।

मंगलबार साँझ ७ बजेको मतपरिणाम अनुसार यादवले २० हजार ४६३ मत पाएका छन् । कुशवाहाले भने १७ हजार ७९८ मत पाएका छन् ।

यादव कुशवाहाभन्दा २ हजार ६६५ मतले अगाडि छन् । बारा–२ मा ६८ हजार ८८७ मत खसेको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १९:३६
Weather Update