News Griha :: न्यूजगृह
पेरिस ओलम्पिक खेल्ने टोलीमा परेनन् मेस्सी

काठमाडौं— अर्जेन्टिनाका सुपरस्टार फुटबलर लियोनल मेस्सी पेरिस ओलम्पिक–२०२४ मा सहभागी नहुने भएका छन्। 

अर्जेन्टिनाका प्रशिक्षक जाभियर मास्चेरानोले मंगलबार घोषणा  गरेको टोलीमा मेस्सी समावेश छैनन्। 

यद्यपि, मास्चेरानोले स्ट्राइकर जुलियन अल्भारेज र डिफेन्डर निकोलस ओटामेन्डी सहित चार विश्वकप विजेता टोलीमा समावेश गरे।

ओलम्पिकमा हुने फुटबल प्रतियोगिता यू–२३ टोलीका लागि हो, तर २३ वर्षभन्दा माथिका तीन खेलाडीलाई प्रत्येक टोलीमा समावेश गर्न दिइन्छ।

इन्टर मियामीबाट खेल्ने मेस्सी सन् २००८ मा बेइजिङमा भएको ओलम्पिकमा सहभागी भइ देशलाई स्वर्ण पदक दिलाएका थिए। तर, चोटसँग संघर्ष ३७ वर्षीय फरवार्ड अहिले कोपा अमेरिकामा खेलिरहेका छन् र उनले अर्जेन्टिनाका लागि केही खेल गुमाएका छन्।

सन् २००४ र २००८ मा खेलाडीका रुपमा ओलम्पिकमा स्वर्ण पदक जितेका मास्चेरानोले कोपा अमेरिका सकिएपछि गोलकिपर गेरोनिमो रुली, ओटामेन्डी र अल्भारेजलाई टोलीमा समावेश गर्नेछन्।

पेरिस ओलम्पिक जुलाई २६ देखि अगष्ट ११ सम्म फ्रान्समा हुँदैछ।  

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १८:००
Weather Update