News Griha :: न्यूजगृह
एमाले केन्द्रीय कमिटी बैठक झापामा बस्ने

काठमाडौं— नेकपा (एमाले) ले २८ देखि ३० वैशाखसम्म झापामा केन्द्रीय कमिटी बैठक गर्ने भएको छ ।

केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले २८ देखि ३० वैशाखसम्म झापामा केन्द्रीय कमिटीको बैठक बस्ने तय भएको जानकारी दिए ।

एमालेको केन्द्रीय कमिटी बैठक गत मंसिरको चुनाव अघि बसेको थियो ।

उक्त पार्टीले यो बीचमा दुई महिने ग्रासरुट अभियान चलाएको थियो । उक्त अभियान यही १० वैशाखमा सकिएको छ ।

सचिव डा.अधिकारीका अनुसार बैठकमा निर्वाचन र पार्टीको ग्रासरुट अभियानलगायतका विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  २१:२९
Weather Update