उपनिर्वाचन
बारा–२ मा उपेन्द्र यादव विजयी, कति ल्याए मत ?

काठमाडौं— बारा–२ बाट जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् ।
प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा बारा–२ बाट यादवले निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई ५ हजार ८१ मतान्तरले हराएका हुन् ।
निर्वाचन आयोगका अनुसार विजयी उम्मेदवार यादवले २८ हजार ४१५ मत पाउँदा कुशवाहाले २३ हजार ३३४ मत पाए ।
तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेल रहे । उनले १० हजार २१६ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल भने २ हजार ८२९ मत प्राप्त गरेका छन्
त्यसैगरी आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले २ हजार ७३८ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८० ०५:४४













