
काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार दसहरी आँपको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, कालो अंगुर १८० रुपैयाँ, अनार २२५ रुपैयाँ, आभोकाडो ५०० रुपैयाँ, अमला १२० रुपैयाँ र किवि ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
त्यसैगरी नेपाली ठूलो गोलभेँडा ५० रुपैयाँ, अदुवा १९० रुपैयाँ, रातो आलु २८ रुपैयाँ, सेतो आलु २२ रुपैयाँ रहेको छ भने स्थानीय काउली ३० रुपैयाँ, कागती २२० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी ७० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, घिरौला ३० रुपैयाँ, चमसूरको साग ८० रुपैयाँमा किनबेच भइरहेको छ ।
तोरीको साग ३० रुपैयाँ, लोकल परवर ७० रुपैयाँ, न्यूरो ९० रुपैयाँ, भारतीय सुकेको प्याज ३२ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदीना १२० रुपैयाँ, लोकल बन्दा १५ रुपैयाँ केजी कायम गरिएको छ ।
ब्रोकाउली ७० रुपैयाँ, भान्टा लाम्चो २५ रुपैयाँ, मूला सेतो २० रुपैयाँ, रुख कटहर ६० रुपैयाँ, भुइँ कटहर १८० रुपैयाँ प्रतिगोटामा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १९० रुपैयाँ र हरियो धनियाँ ४० रुपैयाँ पाइने समितिले जनाएको छ ।
ताजा छडी माछा २४० रुपैयाँ र बचुवा माछा २६० रुपैयाँ प्रतिकेजी पाइन्छ भने मंगुरी माछा ३०० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ ।













