News Griha :: न्यूजगृह
प्रतिनिधि सभामा कांग्रेसको घट्यो सिट  

काठमाडौं— प्रतिनिधि सभामा नेपाली कांग्रेसको एक सिट घटेको छ । आइतबार सम्पन्न उपनिर्वाचनको मतपरिणामले कांग्रेसको एक सिट घटेको हो ।

तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा.स्वर्णिम वाग्लेले जित हासिल गरेपछि कांग्रेसको सिट गुमेको हो ।

वाग्लेसँग कांग्रेसका नेता गोविन्द भट्टराई पराजित भएका हुन् ।

वाग्लेको जितसँगै रास्वपाले भने प्रतिनिधि सभामा एक सिट बढाएको छ । रास्वपाको सिट संख्या बढेर २१ पुगेको छ ।

कांग्रेस ८९ बाट ८८ सिटमा सीमित भएको छ ।

गत ४ मंसिरमा भएको निर्वाचनमा तनहुँ–१ बाट कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएका थिए । पौडेल हाल राष्ट्रपति छन् । 

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  ०९:३८
Weather Update