News Griha :: न्यूजगृह
इङवा हाइड्रोको आईपीओ निष्काशन

काठमाडौं— इङवा हाइड्रोपावरले बुधबार देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ । कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरिसकेको छ ।

यस आईपीओ १७ वैशाखसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै शेयर बिक्री नभएमा २७  वैशाखसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले १८ करोड बराबरको १८ लाख कित्ता आईपीओ जारी गरेको हो । सामूहिक लगानी कोष ५ प्रतिशत अर्थात् ७४ हजार ६५८ कित्ता र कर्मचारीका लागि २ प्रतिशत अर्थात् २९ हजार ८६३ कित्ता छुट्याइएको छ ।

बाँकी १२ लाख ६८ हजार ६३९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । यस आईपीओ एनआईसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  ०९:५४
Weather Update