सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौं— नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ भने चाँदीको घटेको छ । मङ्गलबार प्रतितोला ४०० रुपैयाँ बढेको सुनको मूल्य बुधबार प्रतितोला २०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ७०० रुपैयाँ कायम गरिएको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि मङ्गलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
मङ्गलबार चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा किनबेच भएको थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८० ११:५०













