News Griha :: न्यूजगृह
गृहमन्त्रीले मिटरब्याजी पीडितसँग मागे माफी 

काठमाडौं— गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितसँग माफी मागेका छन् । 

बुधबार प्रतिनिधि सभा बैठकमा उनले केही दिनअघि मिटरब्याजी पीडितको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको भन्दै त्यसप्रति माफी मागे । 

‘जति कमजोरी भयो गृह मन्त्रालयको नेतृत्व सम्हालेको व्यक्तिको नाताले म पीडितहरूमाथि जुनसुकै प्रसङ्गले भएपनि, जुनसुकै परिप्रेक्ष्यमा भएपनि, जुनसुकै प्रसङ्गले त्यहाँ पुर्‍याएको भएपनि पीडितहरूमाथि प्रहरीको लाठी लाग्यो । नियन्त्रणमा लिइसकेपछि पनि केहीमाथि बल प्रयोग भयो । त्यसको निम्ति म क्षमा याचना गर्न चाहन्छु,’ उनले माफी मागे । 

उनले मिटरब्याजी पीडितहरूको समस्या समाधानका लागि सिंगो देश एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताए ।  

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १८:१७
Weather Update