अर्थमन्त्री भन्छन्–शिक्षक–कर्मचारी सबैले तलबभत्ता पाउँछन्, समस्या छैन

काठमाडौं— अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकार शिक्षक तथा कर्मचारीलाई तलबभत्ता दिन नसक्ने अवस्था नरहेको बताएका छन् ।
बुधबार राजधानीमा आयोजिक एक कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले सरकार शिक्षक तथा कर्मचारीलाई तलबभत्ता दिन नसक्ने अवस्था नरहेको बताएका हुन् ।
‘साधारण खर्चको अहिलेको स्थिति हेर्दा तलबभत्ता नै दिन नसक्ने अवस्था होइन । सबैले तलबभत्ता पाउँछन्,’ महतले भने ।
सरकारले सामाजिक सुरक्षा भत्ता घटाउन थाल्यो भनेर प्रचार गरिए पनि त्यो सत्य नभएको उनले बताए ।
अर्थतन्त्रमा केही चुनौतीहरू रहेकोमा आफू जानकार रहेको उनले बताए ।
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८० १८:३१













