सिमलताल बस दुर्घटनाको अध्ययन गर्न कार्यदल बनाउने गृहमन्त्री लेखकको निर्णय

काठमाडौं— गृहमन्त्री रमेश लेखकले चितवनको सिमलतालमा भएको बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेका छन्।
सोमबार शपथग्रहणपछि सिंहदरबारस्थित गृहमन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन्।
मन्त्रालयका सहसचिव छवि रिजालको नेतृत्वमा बन्ने कार्यदलमा ३ सुरक्षा निकायका ३ जना, भौतिक मन्त्रालयका १ जना र सहसचिव रिजाल गरी ५ जना छन्।
उक्त कार्यदललाई अध्ययनका लागि १० दिनको समय दिइएको छ।
गत शुक्रबार भरतपुर महानगरपालिका–२९ सिमलतालमा दुई बस पहिरोमा परि त्रिशुली नदीमा बेपत्ता भएका छन्। ६५ जना यात्रु सवार दुवै बसका यात्रुहरुको खोजीकार्य जारी रहेको छ। तर हालसम्म एक दर्जन यात्रुहरुको शव भेटिएको छ भने अन्यको खोजी कार्र्य भइरहेको छ।
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१ १७:०४













