News Griha :: न्यूजगृह
बाग्मती प्रदेश सभाको अधिवेशन अन्त्य

मकवानपुर— बाग्मती प्रदेश सभाको चालु अधिवेशन बुधबार राति १२ बजेदेखि अन्त्य भएको छ ।

बाग्मती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार प्रदेश प्रमुख सचिवालयबाट बैठक अन्त्य भएको सूचना प्रदेश सभामा प्राप्त भएको जानकारी दिएका छन् ।

सो प्रदेश सभा प्रथम बैठक गत १८ पुस गतेदेखि सुरु भएको थियो । 

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  ०९:३५
Weather Update